विराटनगर । विराटनगरमा रहेको सास्थम कलेजले नव प्रवेशी विद्यार्थीहरुकोलागि इन्डक्सन सेसन सुरु गरेको छ। विद्यार्थीलाई कोर्समा प्रवेश गराउनु भन्दा पहिला ४ दिनसम्म एकै ठाउँमा राखेर प्रशिक्षण थालिएको हो । सास्थम कलेजले विराटनगरको रत्ना होटेलमा एक कार्यक्रमको आयोजना गरी विएचएम र बिबिएका विद्यार्थीहरूलाई अर्को कोर्समा प्रवेश गर्नु भन्दा पहिला  सिक्नु पर्ने विषयहरूका बारेमा  जानकारी गराइने क्याम्पसले जनाएको छ।  सास्थम कलेजका म्यानेजर महेश्वरप्रसाद सिंहले आगामी दिनमा विद्यार्थीहरूले ध्यान दिनु पर्ने कुराहरू यो अवधिमा सिकाइने बताए ।  सिंहले सास्थम कलेजको  विएचएम तथा बिबिएको बारेमा विद्यार्थीहरूलाई स्पष्ट पारे । WhatsApp Image 2024-09-22 at 09.17.40
४ दिन मध्ये २ दिन सास्थम कलेजको बारेमा बुझाइने र बाँकी २ दिन विद्यार्थीको व्यवहार तथा उनीहरूको व्यक्तित्व विकासको विषयलाई ध्यानमा राखेर प्रशिक्षण दिइने सास्थमका प्रशासन तथा व्यवस्थापन म्यानेजर राजेश गुरुङले जानकारी दिए । 
सास्थम कलेजले  व्यवसायी तथा जीवन उपयोगी शिक्षा प्राथमिकतामा राखेर उनीहरूलाई व्यवसायी जीवनमा जोड्ने  काम गरेको क्याम्पसका म्यानेजिङ डाइरेक्टर  रोशनबहादुर थापाले जानकारी गराएका थिए । उनले विद्यार्थीले व्यवसायी सीपलाई कसरी हासिल गरेर व्यवहारमा लागु गर्ने भन्ने बारेमा समेत स्पष्ट पारे  । विद्यार्थीलाई तालिमको अभ्यासको माध्यमबाट गरिएको प्रशिक्षणमा क्याम्पसका बिबिए तथा एमबिए कोर्डिनेटर विनय विष्णु केसीले विद्यार्थीको व्यक्तित्व विकासको बारेमा प्रशिक्षण दिए ।  उनले व्यक्तिगत क्षमताको विकास, प्रभावकारी सञ्चार तथा सकारात्मक हाउभाउ तथा बोलीचालीको विषयलाई विद्यार्थीलाई प्रशिक्षण दिएका छन्  ।
WhatsApp Image 2024-09-22 at 09.17.36
यो चार दिनको प्रशिक्षणमा व्यक्तित्व विकास, उत्प्रेरणा, नेतृत्व विकास,  व्यवसायी क्षमता, व्यवसायी व्यवहार लगायतका विषयहरू विद्यार्थीलाई  तालिम मोडालिटीबाट विद्यार्थीलाई प्रशिक्षित गरिने क्याम्पसका म्यानेजर सिंहले बताए ।
प्रशिक्षणमा बिएचएमका १२० जना र बिबिएका ९६ जना सहभागी रहेको क्याम्पसका विएचएम निर्देशक शैलेन्द्र गणेशले जानकारी दिए ।