विराटनगर । पूर्वी नेपालमा बिहीबार र शुक्रवार दिनभर वर्षा  भएको छ। पूर्वी नेपालमा मात्र हैन शुक्रवार देशका अधिकांश स्थानमा ‘ठुलो वर्षा भएको मौसम विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको शुक्रवार साँझसम्मको विवरण अनुसार  पछिल्लो २४ घण्टामा कोशी प्रदेशको पाँच स्थानमा भारी वर्षा भएको छ।  झापाका चार ठाउँ र इलामको एक स्थानमा भारी वर्षा भएको हो । महाशाखाका अनुसार झापास्थित चन्द्रगढी एयरपोर्टमा ३०१ मिलिमिटर, अनारमणि बिर्ता बजारमा २५२ मिलिमिटर, गौरादहमा २५०.४ र केचनामा २३४.४ तथा इलामको  मैनाचुलीमा २९८.६ मिलिमिटर वर्षा भएको महाशाखाले सार्वजनिक गरेको हो ।
महाशाखाले आइतबारसम्म वर्षा हुने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।