सप्तकोशीको बाढी  गाउँ पसेपछि उदयपुरको बेलका नगरपालिकाको केही वडाहरु जोखिमा परेका छन् । 

पानीको सहत अत्यधिक भएर बाढि गाउँ पसेपछि बेलका नगरपालिकाका वडा नं ८,९,३,२ र १ उच्च जोखिममा परेको छन् । पालिकाको वडा नं ८ को एलके खोँचबाट पसेको बाढीले सिसौलीसम्म डुबान भएको छ ।

अत्याधिक मात्रामा आएको बाढी बाँध नाघेर गाउँ पसेको र डुबानमा परेको बेलाका नगरपालिकाका मेयर अशोक कार्कीले जानकारी दिए । अहिले भारी वर्षा  भईरहेकोले सो क्षेत्रमा उद्धार कार्यमा समस्या भएको छ । उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन् । 

प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षा प्रमुखहरुको टोली डुबान क्षेत्र तर्फ गएका छन् ।