सुनसरी । सप्तकोसी नदीमा पानीको बहाव अत्यधिक भएपछि ब्यारेज पुलमा सवारी साधन आवत जावतमा रोक लगाइएको छ ।कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, सप्तरी र सुनसरीका प्रशासन र कोसी योजनाका भारतीय प्राविधिकहरूको छलफलपछि ब्यारेज पुलमा जोखिम बढेको भन्दै सवारी साधन आवत जावतमा रोक लगाउने निर्णय भएको हो ।

koshi barage

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी बेदराज फुयालले कोसी ब्यारेज पुलमा शनिवार दिउसो चार बजे देखी अर्को सूचना जारी नभएसम्म सवारी आवतजावतमा रोक लगाइएको जानकारी दिए । सप्तकोसी ब्यारेज भएर पानीको बहाव अत्यधिक भएपछि ब्यारेजको पुल माथिबाट बाढी बग्न सुरु भएको छ ।  ब्यारेजको ३८, ३९ र ४० नम्बर ढोका नजिक पुलमाथिबाट पानी बग्न थालेको हो । कोसी ब्यारेज भएर ५ लाख ३१ हजार क्युसेक पानीको बहाव भइरहेको छ ।