सोलुखुम्बु । शनिबार अपरान्ह आएको पहिरोमा एक घर पुरिँदा सोलुखुम्बुको टाप्टिङमा २ जनाको मृत्यू भएको छ ।
सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० टाप्टिङको चैलुङ गाउँमा स्थानीय टेकबहादुर मगरको घर पहिरोले पुरिँदा उक्त घरमा किचिएर उनका छोरी र बुहारीको मृत्यू भएको वडा अध्यक्ष होमबहादुर मगरले बताए ।
पहिरोमा परि उनका ३० बर्षीया छोरी कविता मगर र ४१ बर्षिया बुहारी रुपु मगरको मृत्यु भएको वडा अध्यक्ष मगरले बताए ।