खोटाङ - उदयपुर र खोटाङ जोड्ने फोक्सिङटारस्थित सुनकोसी नदिको पक्की पुल बाढीले बगाएको छ । 
शनिवार दिउसो कोसीमा आएको बाढीले पुल बगाएको प्रहरीले जनाएको छ ।  खोटाङको खोटेहाङ गाउँपालिका - ९ लिकचिराम्चे र उदयपुरको रौतामाई गाउँपालिका - ५ फोक्सीङटारमा रहेको पुल बाढीले पूणर्रुपले बगाएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।
करिब १३ वर्षमा बनेको पुल झण्डै १८ महिना यता सचालनमा आएको थियो ।
यस्तै, उदयपुरको साउनेबाट खोटाङको बराह पोखरी गाउँपालिका जोड्ने धाप्लाङ्घाटको झोलुङ्गे पुल पनि बगाएको छ ।