सुनसरी । वर्षा रोकिएपछि सप्तकोसी ब्यारेज भएर पानीको बहाव निरन्तर घटन थालेको छ ।
आइतबार बिहान ९ बजेको मापन अनुसार कोसी ब्यारेज भएर ६ लाख २८ हजार १ सय क्युसेक पानीको बहाव भइरहेको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।
यद्यपि उच्च खतरा भने कायम नै रहेको छ । सोमवार बिहान ६ बजे ६ लाख ६१ हजार २ सय ९५ क्युसेक पानीको बहाव मापन गरिएको थियो ।
अझै ब्यारेजका सबै ५६ ढोका खुल्ला नै राखिएको छ । ब्यारेजका पुलमा सवारीसाधनको आवतजावत रोकिएकै छ ।