विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीले रक्तदाता सञ्जाल गठन गरेको छ। विराटनगरमा रगत अभाव हुन नदिन  रक्तदाता सञ्जाल गठन  गरेको हो ।   नेकपा एमाले महानगर कमिटीको पहिलो पूर्ण बैठकले विराटनगरमा बिरामीहरूको लागि अस्पतालहरूमा भइरहेको रगत अभावलाई मध्ये नजर गर्दै महानगर भित्रका पार्टी सदस्यहरूलाई  समेटेर नेकपा एमाले महानगर रक्त दाता सञ्जालको निर्माण गर्ने निर्णय गरेको महानगरका अध्यक्ष रोहित कोइरालाले जानकारी दिए । महानगर र मातहतका कमिटीहरूले प्रत्येक बैठक तथा कार्यक्रमहरूमा  अनिवार्य रूपमा रगत समूहको अभिलेख राख्ने व्यवस्था मिलाउने व्यवस्था मिलाइने उनले बताए । 
बैठकले महानगर कमिटीका सदस्य सुदिप कोइरालालाई विराटनगर महानगर कमिटीको प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा कमिटीको प्रवक्तामा नियुक्त गरेको छ । बैठकले असोज १९ गते विराटनगरमा  कार्यक्रम गर्ने निर्णय गरेको छ।  चाडबाड लक्षित हुने कार्यक्रम शुभकामना आदात प्रदान कार्यक्रमको रूपमा गर्न लागिएको सचिव बलराम गिरीले जानकारी दिए ।  कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका इन्चार्ज शेरधन राईको प्रमुख आतिथ्यमा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागिएको उनले जानकारी दिए । आजै महानगर कमिटी र टोल कमिटीका पदाधिकारीहरूलाई अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरेको छ। 
नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य एवम् महानगर इन्चार्ज परशुराम बस्नेतले अभिमुखीकरणको सहजीकरण गरेका थिए ।  महानगर कमिटीका अध्यक्ष रोहित कोइरालाको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टी जिल्ला अध्यक्ष बाबुराम कार्कीलगायतले धारणा राखे ।