विराटनगर । विराटनगरमा रहेको जागरूक बचत तथा ऋण सहकारी संस्थाको १७ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ।  विराटनगर महानगरपालिका वडा नम्बर १५को रानीमा रहेको सहकारीले  एक कार्यक्रमको आयोजना गरी साधारण सभा सम्पन्न गरेको हो  ।  
साधारण सभाको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने सेयर सदस्यलाई सम्मान समेत गरेको छ। उत्कृष्ट रेमिट सेयर सदस्य, उत्कृष्ट बचत महिला तथा   पुरुष, ऋण कारोबार  र उत्कृष्ट सेयर सदस्यलाई सम्मान गरिएको सहकारीका सचिव उमेश गुरुङले जानकारी दिए । जागरूक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका  अध्यक्ष सुनाङ्ग सुब्बाले अरू सहकारी भन्दा अब्बल रूपमा सहकारी  रहेको बताइन् । अहिले सहकारीहरू भाग्ने अवस्थामा रहँदा यो सहकारीले इमानदारीताका साथ मजदुर, महिला  तथा आर्थिक रूपमा कमजोर वर्गमा पुगेर बचत गर्न सिकाउने काम गरेको जानकारी दिइन्  ।jagaruuk
रानी युवा क्लबको सभा हलमा भएको जागरूक बचत तथा ऋण सहकारी १७ औँ साधारण सभाको प्रमुख अतिथि विराटनगर महानगरपालिका वडा नम्बर  १५ का  वडा अध्यक्ष प्रकाश साहले सहकारी महानगरको नै राम्रो सहकारीको रूपमा स्थापित हुँदै गएको बताए । मजदुहरुबाट सुरु भएको सहकारीले अहिले सबै क्षेत्रलाई समेट्ने प्रयास गरेको तथा महिलाहरूलाई बचत गर्ने बानी बसाएको भन्दै प्रशंसा गरे ।