विराटनगर । आदर्श माध्यमिक विद्यालयका ६५ जना विद्यार्थी स्काउट तालिम पछि दीक्षित भएका छन् ।  विद्यालयमा एक कार्यक्रमको आयोजना गरी  विद्यार्थीहरूलाई पहिलो पटक सदस्यता ग्रहण पश्चात् ब्याज तथा स्क्याप वितरण गरिएको हो ।  विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलको अध्यक्षतामा स्काउट नगर अध्यक्ष  नवीन पहाडीको आतिथ्यमा विद्यार्थीलाई स्काउट दीक्षित गरिएको हो । दीक्षान्त  समारोहमा विद्यार्थीहरूलाई शपथ गराइएको प्रअ पोखरेलले जानकारी दिए ।  विद्यालयमा पहिलो ब्याचका विद्यार्थीहरूको लागि तालिम दिइएको थियो ।  विद्यालयमा पहिलो चरणमा ६५ जना विद्यार्थीले तालिम प्राप्त गरेका छन् । तालिम लिएका विद्यार्थीलाई स्काउटको सदस्यता र स्क्याप वितरण गरिएको स्काउट  नगर अध्यक्ष पहाडीले बताए ।