विराटनगर । लुम्बिनी विकास बैङ्कले पाँच वटा उपाधि हात पारेको छ।  इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको दोस्रो इमर्जिङ एसिया बैङ्किङ अवार्ड २०२४ अन्तरगत भएको  ८ विधा मध्ये लुम्बिनी विकास बैङ्कले ५ विधामा उत्कृष्ट भएको हो ।  सहभागिता जनाएको   पाँच वटा  विधामा उपाधि जित्न सफल भएको छ । इन्डियन चेम्बर अफ कमर्सले भारतको नयाँ दिल्लीमा आयोजना गरेको बैङ्किङ कन्क्लेभ २०२४ मा लुम्बिनी विकास बैङ्कले बेष्ट बैङ्क, बेष्ट पर्फमेन्स अन रिस्क म्यानेजमेन्ट नेपाल, बेष्ट पर्फमेन्स अन असेष्ट म्यानेजमेन्ट नेपालमा विजेता एवम् बेष्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी नेपाल र बेष्ट पर्फमेन्स अन ग्रोथ नेपालमा उपविजनताको भएको हो । 
अवार्डमा विमस्टेक अन्तर्गतका राष्ट्रहरू भारत, नेपाल, श्रीलङ्का, भुटान, म्यानमार लगायत देशका बैङ्कहरूले प्रतिस्पर्धा गरेका थिए । इन्डियन चेम्बर अफ कमर्सले गत वर्षदेखि नै यो अवार्ड वितरण गर्न सुरु गरेको हो । अवार्डका लागि इन्डियन चेम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न सूचक निर्धारण गरेर बैङ्कहरू छनौट गर्ने गरेको छ।  ३.५ अर्ब चुक्ता पुँजी भएको राष्ट्रिय स्तरको विकास बैङ्कका सातै प्रदेशमा ८९ वटा शाखा, १ वटा एक्सटेन्सन काउन्टर र २० वटा एटिएम सञ्चालनमा रहेका छन् ।