सुनसरी-धरानका नगरप्रमुख हर्क साम्पाङले अदालतलाई चुनौती दिएका छन् ।
उच्च अदालत विराटनगरले उनले दिएको कार्यबहाकको जिम्मेवारी कार्यान्वयन नगर्न आइतबार अन्तरिम आदेश दिएपछि अदालतलाईनै चुनौती दिएका हुन । उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै आफूलाई अदालतले नचुनेको भदै नागरिकले चुनेको बताएका छन् ।
उनले आफूले नागरिकको मताधिकारका आधारमा वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएको बताएका छन् । उनले लेखेका छन् - मैले जसलाई अधिकार दिएको छु उही कार्यवाहक हो । केही हल्ला नगर  । उनले लेखेका छन् - मलाई कुनै अदालतले चुनेको होइन ! लोकतन्त्रमा सार्वभौम नेपाली नागरिकको शासन गर्ने अधिकार मताधिकारले चुनेको हो ! म ५ वर्ष सम्म धरानको प्रमुख हुँ जुन जनताले बनाउनु भएको हो ! मैले नागरिकले दिएको अधिकार दिएर ११ नं को अध्यक्षलाई कार्यवाहक छोडेको छु ! मैले जसलाई अधिकार दिएँ उही हो कार्यवाहक ! केही हल्ला नगर ! मुख छाड्नु नपरोस् ! धरानको विकासको लागि म दुई दिन युके आउँदा बदनाम गर्दै नबस है भन्दै स्ट्याटस लेखेका छन् ।
उनी मामा ससुरा पर्ने धरान ११ का वडा अध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहक दिएर बेलायत गएका छन् । उनले कार्यवाहक दिएपछि धरानका उपप्रमुख आइन्द्र विक्रम बेघा आइतबार अदालत गएका थिए ।