विराटनगर । श्रीमानले पेट्रोल खन्याएर आगो लगाउँदा उदयपुरमा एक जना महिलाको मृत्यु भएको छ । श्रीमानले पेट्रोल खन्याएर आगो लगाउँदा घाइते भएकी बेलका नगरपालिका–८ की ४० वर्षीय पूर्णकुमारी राईको उपचारका क्रममा  मृत्यु भएको हो । घरायसी विवादका क्रममा ४८ बर्सिया दानबहादुर राईले  असोज २२ गते पेट्रोल खन्याएर आगो लगाएका थिए ।

आगोले जलेर घाइते भएकी पूर्णकुमारीको धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  आगोले शरीरका विभिन्न भाग जलेको थियो । गम्भीर अवस्थाकी पूर्णकुमारीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो ।

शरीरमा पेट्रोल खन्याएर आगो लगाउने दानबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी विरुद्ध ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।