इटहरी । यातायात कार्यालय इटहरीले बिदाको दिन पनि सेवा सुचारु गरिरहेको जनाएको छ ।
एक वर्षमा १६ वटा मात्र सार्वजनिक बिदा हुने जानकारी गराएको यातायात कार्यालयले ती दिनहरूमा पनि सेवा प्रवाह जारी रहेको जनाएको हो ।
सार्वजनिक बिदाका दिनमा सेवा प्रवाह सम्बन्धी सूचना जारी गर्दै  १६ वटा बिदा हुने जानकारी गराएको हो ।
कार्यालयका निमित्त प्रमुख राजकुमार गुप्ताले एक सूचना जारी गर्दै नेपाल सरकार गृह मन्त्रालयले संवत् २०८१ सालको सार्वजनिक बिदा सम्बन्धी जारी सूचना  अनुसार नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार सूचनाको प्रकरण १० मा रहेको सार्वजनिक सेवा प्रवाह सम्बन्धी विशेष व्यवस्था अनुसार उल्लेखित सार्वजनिक बिदाको दिनहरूमा समेत यातायात कार्यालय खुला रहने उल्लेख गरिएको छ । बिदाको दिनमा खुल्ला गरी कार्यालयबाट प्रदान गरिने सवारी साधन दर्ता तथा नवीकरण लगायतका यातायात व्यवस्थापन सम्बन्धी सबै सेवाहरू प्रदान गरिरहेको जनाइएको छ ।