इटहरी । सुनसरीको धरान उपमहानगरपालिका वडा नं  ६ बाट  २० केजी लागू औषध गाँजासहित दुई जनालाई पक्राउ परेका छन् । 

प्रहरीले धनकुटा सागुरगढि गाउँपालिका वडा नं १ का बुद्धराज लिम्बु र महाप्रसाद लिम्बु लाई पक्राउ गरेको हो ।  उनीहरूले चढ्को को ३२ प १७५० नम्बरको मोटरसाइकलमा लागू औषध लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा नियमित चेकजाँचका क्रममा उनीहरु पक्राउ परेका हुन् 

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको छ। लागू औषध नियन्त्रण ऐन अन्तर्गत कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ।