सुनसरी । तिहारको अवधिमा सुनसरी प्रहरीले ३१ जना जुवाडेलाई पक्राउ गरेको छ ।
तिहारको समयमा जिल्लाका विभिन्न स्थानमा जुवा तास खेल्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सुनसरीको वराहक्षेत्र नगरपालिका ३ नडाहाबाट १५ जना र इनरुवा नगरपालिका ६ मधेसाबाट १६ जना जुवा तास खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
मधेषामा जुवा तास खेल्नेहरूको साथबाट २ लाख ८३ हजार ९ सय ६५ रुपैयाँ र वराहक्षेत्रको नडाहाबाट ९ लाख लाख ६८ हजार रुपैयाँ बरामद गरिएको सुनसरी प्रहरीले जनाएको छ ।
कार्त्तिक १७ गते राती मधेषाबाट पक्राउ परेका १६ जना र कार्तिक १८ गते बिहान नडाहाबाट पक्राउ गरिएका १५ जनालाई मङ्गलवार ८ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।
सुनसरी जिल्ला अदालत बन्द भएका भएका कारण दुई दिन अघि पक्राउ गरिएको भए पनि उनीहरूलाई म्याद थप गर्न सकिएको थिएन ।
तिहारको मङ्गलवारबाट खुलेसँगै उनीहरूलाई अदालतबाट म्याद थप गरिएको सुनसरी प्रहरीले जनाएको छ ।