सुनसरी । प्रधानमन्त्री केपी शर्मा ओलीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवस्थाको बारेमा आफू चिन्तित रहेको बताएका छन् ।
प्रतिष्ठानको १३ औँ दीक्षान्त समारोहलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अध्ययनका लागि बिदेसिने विद्यार्थीको लर्को नै लाग्ने गरेको भन्दै सुधारको काम गर्दै वातावरण तयार गरिने समेत बताए । प्रधानमन्त्री ओलीले अहिलेको वातावरण बदलिएको भन्दै चिकित्सा शिक्षाको क्षेत्रमा निष्पक्ष र पारदर्शी ढङ्गले देशको हितको पक्षमा, विद्यार्थीको हितको पक्षमा सरकारले काम गर्ने दाबी गरे ।
IMG_6562
प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको वातावरण बदलिएको छ, हामी चिकित्सा शिक्षाको क्षेत्रमा निष्पक्ष र पारदर्शी ढङ्गले देशको हितको पक्षमा,विद्यार्थीको हितको पक्षमा, संस्थाहरूको हितको पक्षमा, समुहिक हितको पक्षमा हामी काम गछौँ, आफ्नो हितको पक्षमा होइन । आठ वर्ष अघि सन् २०१६ मा उनकै पालामा भएको १२ औँ दीक्षान्त पछि हुन नसकेको १३ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवस्थाको बारेमा चिन्ता व्यक्त गर्दै सुधारका लागि गर्नुपर्ने कुरामा आफू जानकार रहेको बताए ।
प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा परिषद्को अध्यक्ष नै आफू रहेको भन्दै बिपी प्रतिष्ठानको विकासका लागि परिषद् बैठकबाटै सुधारका काम गर्ने विश्वास दिलाए ।
दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका सहकुलपति तथा स्वाथ्यमन्त्री प्रदीप पौडेलले प्रतिष्ठानको खस्कँदो अवस्था प्रति चिन्ता व्यक्त गर्दै अहिलेकै अवस्थाबाट प्रतिष्ठानलाई माथि उठाउन सरकारले धेरै सुधार गर्नुपर्ने उनले औँल्याउँदै । त्यसका लागि सरकार सरकार गम्भीर रहेको बताए ।
प्रतिष्ठानको १३ औँ दीक्षान्त समारोहमा विभिन्न विधा तर्फबाट जम्मा ६ सय ५७ जना विद्यार्थीहरू दीक्षित भएका छन् ।
IMG_6620
दीक्षान्तमा सन् २०१० देखि २०१७ ब्याचका एमबिबिएस, विडिएस, एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच, विएससी नर्सिङ र २०१२ देखि २०१८ सम्म एएससी नर्सिङ, विएमएलटी, विएमआइटी, एपिएस र पिएचडी उपाधि हासिल गरिसकेका विद्यार्थीहरूलाई दीक्षित गरिएको छ ।
जस अन्तर्गत पिएचडी गर्ने १ जना, डिएम, एमसिएच गर्ने ७ जना, एमडी एमएस गर्ने १ सय ९९ जना, एमडी एचए गर्ने २ जना, एमडी एस गर्ने ४३ जना, एमएस्सी नर्सिङ गर्ने ७३ जना, एमएस्सी बेसिक साइन्समा १ जना रहेका छन् ।
यस्तै, एमपीएच गर्ने २६ जना, एमविवि एस गर्ने १ सय ३२ जना, विडि एस गर्ने १ सय जना, विएस्सी नर्सिङ गर्ने ५७ जना, विएस्सी एमएलटी मा १ जना र विएस्सी एमआईटी गर्ने १५ जना रहेका छन् ।
प्रतिष्ठानबाट हालसम्म एमबिबिएसमा २४ ब्याच र विडिएसमा १८ ब्याचका विद्यार्थीले शिक्षा हासिल गरेर निस्किएका छन् ।
प्रतिष्ठानमा अध्ययन गर्ने विद्यार्थी देश विदेशका विभिन्न अस्पतालमा कार्यरत रहेको प्रतिष्ठानले जनाएको छ ।