सुनसरी । कोशी राजमार्ग अन्र्तगत इटहरी सडकखण्डमा मोटरसाइकल र स्कुटर एकापसमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
इटहरी १३ खनारस्थित काली मन्दिर अगाडि उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०५६ प ७५५६ नम्बरको मोटरसाइकल र दक्षिणबाट उत्तर आएर बाटो क्रस गदै गरेको मे ४ प ८९१ नम्बरको स्कुटर एकापसमा ठक्कर भएर दुर्घटना भएको हो ।
दुर्घटनामा स्कुटरका चालक अन्दाजी ५४ वर्षीय गोपाल रिजालको मृत्यु भएको छ । अन्य ३ जना घाइेत भएक छन् । दुर्घटनामा गम्भिर घाइते भएका रिजालको विराट टिचिङ अस्प्तालमा उपचारको क्रममा मृत्यु भएको हो ।
स्कुटरमा सवार अन्दाजी ३३ वर्षीया बबिता रिजाल घाइते भएकी छन् । उनको खुट्टामा चोट लागेको छ । उनको विराट टिचिङमै उपचार भइरहेको इटहरी प्रहरीले जानकारी दिएको छ ।
मृतक गोपाल र बबिता ससुरा–बुहारी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यलयका डीएसपी भण्डारीले जानकारी दिए ।
यता, मोटरसाइकल चालक कोसी गाउँपालिका ८ बस्ने अन्दाजी २६ वर्षीय आशिक आलम र पछाडि सवार इटहरी १४ बस्ने अन्दाजी २५ वर्षीया विनिता पाठक घाइते भएका छन् । उनीहरूको गोल्डेन हस्पिटल विराटनगरमा उपचार भइरहेको छ । घाइते मध्ये आलमको अवस्था गम्भिर रहेको जनाइएको छ ।
दुर्घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।