विराटनगर । रोटरी क्लब अफ विराटनगरले ब्यवसायिक आधारभूत कम्प्युटर शिक्षाको माध्यमबाट समुदायलाई सशक्त बनाउने अभियान अनुसार दाेस्राे चरणकाे प्रशिक्षण दिएको  छ ।  रोटरी क्लब अफ विराटनगरले  कम्प्युटर हार्डवेयर र सफ्टवेयर सीपमा केन्द्रित हुँदै दोस्रो चरणकाे  व्यावसायिक तालिम दिएको हाे।   विराटनगरका दुई समुदायिक विद्यालयहरू आदर्श बालिका माध्यमिक विद्यालय र  विराट महेन्द्र रात्रि माध्यमिक विद्यालयका २५ जना विद्यार्थीहरूलाई  तालिम दिइएको थियो।

IMG-20241130-WA0002
स्थानीय समुदाय त्यसमा पनि  युवा विद्यार्थीहरूलाई सशक्तिकरण गर्ने उद्देश्यले चालिम सञ्चालन गरिएको राेटरी क्लब विराटनगरका अध्यक्ष मनोज विक्रम शाहले जानकारी दिए । तालिममा बालबालिकाको सीप विकास गर्न कम्प्युटर हार्डवेयर, कम्प्युटरको समस्या समाधान कसरी गर्ने, सफ्टवेयरको प्रयाेग विधिकाे बारेमा प्रशिक्षण दिइएको अध्यक्ष शाहले बताए  ।
विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान र सीपहरू प्रदान गर्ने उदेश्यले कार्यक्रम  डिजाइन गरिएअनुसार नै सफलता पूर्वक तालिम सम्पन्न भएको आयाेजककाे दाबी  छ ।
समापन समारोहमा विराटनगर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले  विद्यार्थीहरुलाई कम्प्युटर आधारभूत पुस्तकहरु सहित प्रमाणपत्र वितरण गरेका थिए ।

IMG-20241130-WA0000
रोटरी क्लब अफ विराटनगरले व्यावसायिक तालिम कार्यक्रमलाई सफल बनाउन आफ्ना सदस्यहरू, स्वयंसेवकहरू र प्रायोजकहरूको  योगदानको लागि धन्यवाद  व्यक्त गरेको छ।  अध्यक्ष शाहले  आधुनिक शिक्षा प्रणालीलाई आत्मसाथ गर्न सके मात्र आउने दिनमा विद्यार्थीहरूको भविष्य सुनिश्चित हुने  विश्वासका साथ रोटरीले आफ्नो कार्यलाई निरन्तरता दिँदै आएको बताए  । युवाहरूलाई सशक्तिकरण गर्न क्लबले भविष्यमा पनि यस्ता तालिमहरू आयोजना गर्न प्रतिबद्ध रहेकोे बताए  ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, विद्यार्थी, रोटरी क्लबका सदस्यहरु र समुदायका अगुवाहरु सहभागी थिए ।