विराटनगर । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेकपा एमालेका रेवतीरमण भण्डारीले शपथ लिएका छन् ।  कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमा नियुक्त गरेसँगै कोशी प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराए ।  सुनसरी निर्वाचन क्षेत्र २ (१) बाट  प्रदेश सभा सदस्यमा निर्वाचित भण्डारी यस अघि संविधान सभा सदस्य समेत थिए ।  नेकपा एमालेको भागमा  परेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारीमा रहेका लीलावल्लभ अधिकारी जापान जाने विषयमा विवादित भएपछि राजीनामा दिएका थिए । कोशी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयमा भने अझै मन्त्री नियुक्त गर्न सकेको छैन ।