काेलकता । काेशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न काेलकतामा सुन्तला महाेत्सव शुरू भएको छ । हिमालयन टुरिजम फेस्टिभलमा तीन देशका कृषि उत्पादन तथा सुन्तला प्रदर्शनीमा रहेको छ । महोत्सवमा नेपाल, भारत र भुटानमा उत्पादित सुन्तला बिक्रीका लागि राखिएको छ । नेपालसँग नजिकै रहेकाे पश्चिम बंगालको कोलकातामा शुक्रवार देखि छैठौ सुन्तला महोत्सवसँगै काेशी प्रदेशकाे पर्यटन भ्रमण बर्ष २०८२ काे प्रचारसँग पनि जाेडेर हेरिएको छ । एसोसिएसन फर कन्जरभेसन एन्ड टुरिजमकाे आयोजनामा प्रत्येक दुई वर्षमा सुन्तला महोत्सव आयोजना हुँदै आएको नेपाल तर्फका प्रतिनिधि अर्जुन कार्कीले जानकारी दिए ।
महोत्सवको उद्घाघटन गर्दै पश्चिम बंगाल सरकारका बरुणयन्त्र मन्त्री राजीव बोसले याे कार्यक्रम कल्चर एक्सचेन्जसँग जाेडिएकाे बताए । सुन्तला महोत्सवले भारत, नेपाल र भुटानवीच आपसी भाइचारा र सद्भावमा समेत सघाउ पुर्याएकाे बताए । यस पटककाे छैठाै सुन्तला महोत्सवले कोशी प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष २०८२ का लागि महत्त्वपूर्ण बन्ने काेशी प्रदेश भ्रमण बर्ष २०८२ का सहसंयाेजक भबिश श्रेष्ठले बताए ।
पर्यटन कार्यालय काँकडभिट्टाका अधिकृत निरोज कट्टेलले याे बर्षकाे सुन्तला महाेत्सव बंगाली पर्यटक आकर्षित गर्नेगरी तय भएकोले त्यही अनुसार तय भएको बताए । भ्रमण वर्षमा लाखौ भारतीय पर्यटक भित्र्याउन यो महोत्सव प्रभावकारी बन्ने बताए ।
महोत्सवमा पूर्वका इलाम, धनकुटा, ताप्लेजुङ, पाँचथर, लगायत विभिन्न जिल्लाका सुन्लला, अलैची, एभोकाडो, किवीलगायतका स्थानीय उत्पादनका आधा दर्जन बढी स्टल राखिएको छ।
कोलकाताको सल्टलेक सिटी सेन्टर क्षेत्रमा तीन दिनसम्म जारी रहने महोत्सवमा नेपालका होटल, होमस्टे ब्यवसायी, किसान, कलाकार लागायत २ सय जना सहभागी छन् । काेशी प्रदेशकाे पर्यटन प्रवर्द्धन गर्नकाेलागि काेशी प्रदेशका चार जना सांसद पनि काेलकताकाे ओरेन्ज फेस्टिवलमा पुगेका छन् । प्रदेशसभा सदस्यहरू ललिताकुमारी चाैधरी, सुनिताकुमारी गच्छदार, सुजिता गुरूङ र राधाकृष्ण खनाल महाेत्सवमा पुगेका थिए ।