विराटनगर । धरान स्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आवासीय (रिजीडेन्सी) डाक्टरको रूपमा कार्यरत डा पङ्कज गुप्ताको मृत्युको विषयमा छानबिन गर्न परिवारले माग गरेका छन् । प्रतिष्ठानमा उनी कार्यरत डिर्पाटमेन्टका अधिकारीका कारण गुप्ताको मृत्यु भएको भन्दै परिवारले छानबिन गर्न माग गरेका हुन् । उनी प्रतिष्ठानको दन्त चिकित्सा शास्त्र अन्तरगत २ वर्षदेखि (एमडीएस) अध्ययन गर्दै आएका थिए ।

एमडीएस अन्तरगत दाँतको शल्य क्रिया विषयमा अध्ययन गरेका डा गुप्ता प्रतिष्ठानको क्वाटरमा बस्दै आवासीय डाक्टरको रूपमा काम गर्दै थिए । उनी पुस २९ गते क्वाटरमा मृत फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार डा गुप्ताले सुरुमा बायाँ हातको नाडीमा चक्कुले काटेका थिए । चक्कुले हात काटेपछि उनले सालको पासो लगाएर आत्महत्या गरेका प्रहरीले जनाएको छ  ।

उनले नाडी काटेको थाहा पाएपछि प्रतिष्ठानमा रहेका सुरक्षाकर्मीले उनी बसेको क्वाटरको ढोका खोल्न खोजेका थिए । तर ढोका खोल्ने क्रममा नै गुप्ताले सलको पासो लगाएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले खुलेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले बताए ।

उनले घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताए । उनले भने, उहाँले साथीहरूलाई केही म्यासेजहरू पठाएको देखिएको छ । उहाँले पठाएको म्यासेजका आधारमा थप अनुसन्धान भइरहेको छ । अहिले नै यसै हो भन्न सक्ने अवस्था छैन । प्रहरीले घटनाका विषयमा केही व्यक्तिसँग सोधपुछ गरिरहेको जनाएको छ ।

पोस्टमार्टम रिर्पोटले उहाँले आत्महत्या गरेको देखिन्छ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘परिवारले घटनाका विषयमा डिर्पाटमेन्टलाई उद्धृत गर्दै जाहेरी दिनु भएको छ । हामी अनुसन्धान गरिरहेका छौ ।’

सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर १ घर भएका मृतक डा गुप्ता शनिवार घरबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गएका थिए । परिवारका अनुसार उनले आफूलाई डिपार्टमेन्ट काम गर्ने वातावरण नभएको बताउँदै आएका थिए । मृतकका भाइ अनुप गुप्ताले भने,‘ दाजुले डिर्पाटमेन्टका कारण आफू एक्लो भएको र पढाइ छाडेर आउने बताउँदै आउनु भएको थियो । अरू तिर ध्यान नदिई पढाइ सकेर आउनु भन्दै परिवारले उहाँलाई सम्झाउँदै आएको थियो । ’

अहिले पढाइमा ध्यान दिनु उनका बुबा रामअवतार गुप्ताले भने, ‘ पढाइमा अब्बल छोराको खबरले तनाव दिएको छ । यस विषयमा निष्पक्ष छानबिन होस् ।  
मृतक गुप्ता आइतबार पढाइ पछि काममा गएका थिए । सोमबार काममा नगएका गुप्ता मङ्गलवार पनि काममा नगएको परिवारले दाबी गरेका छन् । मृतकका भाइ अनुपले इलाका प्रहरी कार्यालय धरानमा दिएको जाहेरीमा मङ्गलवार काममा नगएपछि दाजुका साथीहरूलाई फोन गरेको तर दाजुहरूले फोन नउठाएको उल्लेख छ । उनले को दाजुहरूले फोन नपठाएको त्यो भने खुलाएका छैनन्। 

मृतक गुप्ताले डा विजय मेहतालाई म्यासेज पठाउँदै आफूलाई एक्लो बनाइएको बताएका छन् । मेहता विराटनगर स्थित कोशी अस्पतालमा कार्यरत रहेका छन् । उनी गुप्ताका स्कुलदेखिका साथी हुन् ।  उनले गुप्तालाई पठाएको म्यासेजमा भनेका छन्,‘ मलाई गलत देखाएर मेरो क्यारीयरमा नै अवरोध ल्याउन खोजिरहेका छन् । मैले यो कुरा चिर्नलाई मेरो तर्फबाट वेस्ट गर्न खोजिरहेको छु ।

तर मेरो क्यारेक्टरलाई देखाएर एक्लो बनाउने काम गरिरहेका छन् । उनले कसले एक्लो बनाउन खोजेको हो भन्ने कुरा खुलाएका छैनन् । मृतकका भाइ अनुपले घटनाका विषयमा छानबिन गर्न र दोषीलाई कारबाही गर्न माग गरेका छन् ।