इटहरी  । इटहरी बजारको बिच भागबाट उत्तर हुँदै दक्षिण तर्फ बग्छ ट्यांग्रा खोला । धरान विराटनगर सडक पनि इटहरी बजारको मध्य भागमा छ । 
इटहरी उप महानगरपालिका वडा नम्बर ९ मा रहेको साथी फ्युल सेन्टरबाट ट्यांग्रा खोलालाई धरान विराटनगर सडकमा अन्डर पास गराएर पश्चिम पट्टी लगिएको छ । 
करिब ३ सय मिटर सडकको पश्चिमबाट दक्षिण तर्फ बगेपछि खोलालाई पुन सडकबाट अन्डर पास गराएर पूर्व पट्टीबाट बग्ने बनाइएको छ । 
इटहरीको वडा नम्बर ९ मा रहेको पशु कार्यालयको भवन छेउबाट खोलाको किनारै किनार खनार चोक सम्म करिब ४ किलोमिटर धरान विराटनगर सडक निर्माण गरिएको छ । 
खनार चोकमा आइपुगेपछि भने खोला केही पूर्वतर्फबाट बग्छ । इटहरी उप महानरपालिका वडा नम्बर १३ मा रहेको काली मन्दिरमा पुन खोला धरान विराटनगर सडकमै ठोकिन आइपुग्छ । त्यसपछि खोला सडकको पूर्वी किनारै किनार दुहबी नगरपालिका वडा नम्बर ९ को सोनापुर चोक सम्म बहन्छ । 
WhatsApp Image 2025-01-14 at 5.09.26 PM (1)

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत कोशी राजमार्गको रानी नाका बाट धरान सम्मको खण्डलाई ६ लेनमा विस्तार तथा स्तरोन्नति आर्थिक वर्ष ०६९/७० देखि रानी–विराटनगर–इटहरी–धरान सडक योजना कार्यालयको स्थापना  भयो । 
रानीदेखि धरानसम्मको ४९ किलोमिटर सडक निर्माणका लागि १० अर्ब लागत अनुमान गरेर ६४ सालमै डिपीआरको काम सम्पन्न भएको आयोजनाको अहिले ९२ प्रतिशत काम सम्पन्न भएको छ । 
सडक विस्तार आयोजनाका अनुसार साँढे ८ अर्ब रुपैयाँ बजेट खर्च भइसकेको छ । सरकारले पुग्दो बजेट दिए यसै वर्षको असार मसान्त सम्ममा आयोजनाले काम सम्पन्न गरेर आयोजना नै हस्तान्तरणको प्रक्रियामा छ । 
तर सडक आयोजना हस्तान्तरणको प्रक्रियामा पुग्दा सडक किनारबाट बग्ने ट्यांग्रा खोलाको झमेला बढ्दो छ । इटहरीबाट सोनापुर सम्मको साँढे ५ किलोमिटर खोला किनारै किनार बनाइको सडक ६ लेन बन्न सकेको छैन । साँढे ५ किलोमिटर सडक ४ लेनको मात्रै बनेको आयोजनाका प्रमुख राजेन्द्र प्रसाद साहाले बताए । 
WhatsApp Image 2025-01-14 at 5.09.27 PM (1)

उनले भने, “आयोजना सुरु गर्दा खोला क्षेत्रमा के गर्ने भन्ने कुनै प्लान नै बनेन । खर्च बढी लाग्ने भन्दै योजना बिनै अन्यत्र ठेक्का लगाएर काम सुरु भयो । आयोजना सम्पन्न गर्ने बेलामा खोलामा के गर्ने भन्ने चिन्ता थपिएको छ । ’
उनका अनुसार खोलासँग जोडिएको सडकलाई के गर्ने भनेर डिपीआर बनाउन विभागमा लेखेर पठाइएको छ । विभागले डीपीआर समेत बनाउन स्वीकृत दिएको  छैन । 
आयोजना प्रमुख साहाले अहिले सम्म खोला किनारको सडक ४ लेनको मात्रै बनाइएको र  त्यहाँ सर्भिस लेन र ड्रेन समेत बनाउनु पर्ने बताए । सडक किनारमा रहेका बिजुलीका पोल समेत सार्न नसकिएको आयोजनाले जनाएको छ । 
म आएको एक वर्ष मात्रै भयो साहाले भने, “म भन्दा पहिलेकै हाकिम सावहरुले लेखेर पठाउनु भएको रहेछ । म पनि फलो अप गर्छु । विभागले केही न केही योजना ल्याउला ।’ 
योजना बिनाको काम बढ्दो ट्यांग्राको कहर 
धरान विराटनगर सडकको ट्र्याक खुलेपछि इटहरी अस्तित्वमा आयो । इतिहासमा इटहरी नामक पुस्तकका अनुसार अहिलेको चौरस्ता गोलचोक आसपासमा केही छाप्राहरू निर्माण भएपछि इटहरीले चौकको रूप लिन थाल्यो । 
धरान विराटनगर सडकको ट्र्याक खुल्नु भन्दा अगाडि इटहरीको अहिलेको वडा नम्बर ८ गैसारमा बस्ती थियो । अहिलेको वडा नम्बर ४ चौधरी टोलमा पनि मानिसहरू बस्थे । 
पूर्व पश्चिम सडक अर्थात् महेन्द्र राजमार्गको निर्माण  भएसँगै  इटहरीले बजारको आकार लियो । जब इटहरीले बजारबाट सहरको रूप लिन थाल्यो ट्यांग्राको पाता कस्न थालियो । कहिले पूर्व भएर त कहिले पश्चिम मनमौजि बग्ने खोलालाई छेकेर मानिसहरूले ट्यांग्रालाई खोल्सीमा बगाउन थाले । 
हिउँदमा छिपछिपे पानी बग्ने ट्यांग्रा मुसलधारे पानी परेपछि उर्लेर आउँछ । मानिसले बनाएका पक्की संरचना भत्काएर इटहरी डुबाउँछ । त्यसमाथि योजना बिना नै सडक विस्तार हुँदा सानो खोलाले पनि बगाउँछ भन्ने प्रमाणित ट्यांग्राले सालिन्दा गरिदिन्छ । 
 आन्तरिक राजश्व कार्यालय जाने कल्भर्ट ट्यांग्राले भत्काएको तीन पटक भयो । पश्चिम पट्टी रहेको ६ लेन सडक माथि सम्म पानी ओभर फ्लो भएपछि पटक पटक कल्भर्ट पनि बग्छ । सालिन्दा कल्भर्ट बगाएपछि यो साल पुल बनेको छैन । मानिसहरू अहिले त्यहाँ बाँसको पुल बनाएर  आवत जावत गरिरहेका छन् । 
WhatsApp Image 2025-01-14 at 5.09.28 PM (1)

इटहरी वडा नम्बर १० मा रहेको यातायात व्यवस्था कार्यालय कोशी तर्फ जाने पुल ट्यांग्राले बगाएको २ पटक भयो । निजी कम्पनी र व्यत्तीहरुले पनि आफ्ना घर पसलमा जान आफ्नै खर्चमा ट्यांग्रामा कल्भर्ट हालेका छन् । तर पश्चिम पट्टी रहेको ६ लेन सडकको बलियो संरचना काट्न नसक्दा खोलाले कल्भर्ट भत्काउने गरेको छ । 
इटहरी उप महानगरपालिकाका अनुसार ६ लेन सडक खोलाले ४ किलोमिटर क्षेत्रमा रहेका १० वटा भन्दा बढी कल्भर्ट र पुल भत्काएको छ । बाँकी डेढ किलोमिटर सडक भने दुहबी नगरपालिकामा खोलासँगै बनेको छ । पुल र कल्भर्ट भत्काउँदा पटक पटक उप महानगरले बनाउनु परेको छ । 
WhatsApp Image 2025-01-14 at 5.09.26 PM

सडकसँग बग्ने खोलाले पुल र कल्भर्ट मात्रै भत्काएको छैन ६ लेन सडक पनि ठाउँ ठाउँमा कटान गरेको छ । इटहरी १३  रिलायन्स स्पिनिंगस मिल अगाडी र वडा नम्बर १३ को प्रगति टेक्सटायल अगाडि सामान्य पानी पर्ने बित्तिकै खोला सडकमै बग्छ । ठुलो पानी परेका बेला सडक नै खोलाले अवरुद्ध बनाउँछ । 
आयोजना प्रमुख साहा भने आयोजनाका कारण नभई उप महानगरका कारण सडकमा क्षति पुगेको बताउँछन् । उनका अनुसार वर्षा याममा उप महानगरले खोला गहिरो बनाउन जथाभाबी खन्दा सडकमा क्षति पुगेको छ । खोलाले कटान गर्दा आयोजनाले यो वर्ष मात्रै तार जालीका लागि ७५ लाख रुपैयाँ खर्च गरेको छ । 
WhatsApp Image 2025-01-14 at 5.09.27 PM

साहाले साइड प्रोटेक्सनका लागि ७५ लाख रुपैयाँ यो वर्ष खर्च गरिएको बताए । उनले भने, बाढी नियन्त्रणका लागि उप महानगरले जथाभाबी खोला गहिरो बनाएको छ । हामीले भन्दा पनि उहाँहरूले मान्नु हुन्न । यसले सडकमा क्षति पुगेको छ । 
ट्यांग्रा खोलाको क्याचमेन्ट एरिया ठुलो छ । खोलामा जोडेर  स्ट्रक्चर बनाइएको छ । यो हिसाबले हिसाबले फ्ल्ड कसरी रोक्ने रु साहाले भने, शरुमा खोला स्टेबल थियो । जब उप महानगरले  आफू खुसी खन्न थाल्यो । खनेको निकालेको माटो समेत सडकमा थुपा¥यो त्यसपछि सडकमा क्षति पुग्यो ।