इटहरी । कोशी प्रदेशका घुम्नै पर्ने ठाउँ मध्येको एक गन्तव्य हो,तालतलैया । शहरको कोलाहलबाट नजिकैको दुरीमा पुग्न सकिने प्राकृतिक ताल, जैविक विविधताको आनन्द लिन सकिन्छ ।

तर पछिल्लो समय तालतलैया बालबालिकाहरुका लागि घुमाउने, समय विताउने र विभिन्न कुरा सिकाउने उपयुक्त स्थल बनेको छ । 

अव्यवस्थित शहरीकरण, खेल्ने खुल्ला ठाउँको अभावमा बालबालिकाहरु साँघुरा सडक गल्लिै खेल्नुपर्ने बाध्यता छ । 

अर्को तर्फ शहरका साँघुरा जग्गामा बनेका विद्यालयलाई बालबालिका खेलाउने, सिकाउने खुल्ला ठाउँको अभाव छ । यसले खुल्ला शिक्षण सिकाईलाई पनि असर पारेको छ । 

यी सबै समस्याको फाईदा भने तालतलैयालाई पुगेको छ । विद्यालयहरुले शिक्षण सिकाईका लागि होस वा घुमाउन, समय विताउन तालतलैया रोज्न थालेका छन् । 

ping


तालतलैया विकास तथा संरक्षण समितिले बालबालिकालागि बालमैत्री पार्क बनाएको छ । चिप्लेटी, पिङ, घुम्ने पिङ, एरोप्लेन चिप्लेटीमा बालबालिका भुल्ने गरेका छन् । विभिन्न जनावर र कार्टुनहरुको आकृतिमा बालबालिका रम्ने गर्दछन् । 

park


स्कुल विदाको दिन अभिभावकहरु छोराछोरीलाई घुमाउन, समय विताउन र आफै पनि घुमेर आनन्द लिन तालतलैया लिएर आउने गरेका छन् । दिन विताउन, धेरै कुरा सिकाउन सकिने र कम खर्चिलो भएका कारण पनि तालतलैया समय समयमा आउने गरेको इटहरी ४ कि अम्बिका भट्टराईले बताइन् । 

student 1

विभिन्न विद्यालयहरुले शुक्रबार तथा शनिबार आफ्ना विद्यार्थीहरुलाई घुमाउनका लागि यहाँ ल्याउने गरेको छन् । 

विद्यालयले समय समयमा विद्यार्थीहरुलाई तालतलैयामा ल्याएर भ्रमण गराउँदै प्रकृति, वनस्पति, कलाकृति लगायत विविध पक्षको बारेमा जानकारी दिने गरिएको प्रिमियर स्कुलका प्रिन्सिपल सुभाष लुईटेलले जानकारी दिए ।  

तालतलैयामा रहेको चिडियाघर बालबालिका तथा विद्यार्थीहरुको आकर्षण हो । मिनि जु को रुपमा तालतलैयाले वन्यजन्तुहरुको संरक्षण गरेर राखेको छ । मयुर, हुचिल, चित्तल, दुम्सी, गिद्ध, स्याल, चिल, बाँदर, कछुवा, अजिंगर जस्ता लोपोन्मुख जनावरहरुलाई हेर्न र उनीहरुको व्यवहार नियाल्न विद्यार्थीहरु उत्सुक हुन्छन् । 

Mayur

ठुला ठुला तालमा बोटमा चढेर आनन्द लिन सकिन्छ । पश्चिम तर्फको खुल्ला पार्कमा रहेका मूर्तिकलाको बालबालिकाले अवलोकन गर्न सक्छन् । 

school