सुनसरी । धरानमा कालोमोसो दल्ने घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागिएको केबलकारको पक्षमा लागेका पदम चेन्जि माबोलाई कालोमोसो दलेको आरोपमा प्रहरीले जनता समाजवादी पार्टी नेपाल धरानका उपाध्यक्ष सुमन चेम्जोङ पक्राउ गरेको हो । चेम्जोङलाई धरान ८ स्थित भोटे पुल क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
चेम्जोङलाई पदम चन्जी माबोले इलाका प्रहरी कार्यालय धरानमा दिएको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । सोमबार माबोले कालोमोसो दल्ने ८ जना विरुद्ध किटानी जाहेरी दिएका थिए ।
माबोले उजुरी दिएपछि कालोमोसो दल्ने ८ जना विरुद्ध इलाका प्रहरी कार्यालय धरानले जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जीको अनुमति लिएको थियो। अदालतको अनुमतिपश्चात् प्रहरीले चेम्जोङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय धरानले जानकारी दिएको छ । घटनामा संलग्न भएका अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।
आइतबार मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले माबोलाई कालोमोसो दलेका थिए।