विराटनगर । बर्डफ्लु भेटिएको सुनसरीको कोसी गाउँपालिकाको एक कृषी फार्मका हाँस र कुखुरा नष्ट गरिएको छ ।
सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लु पुष्टि भएको पत्र पठाए पछि तत्काल फार्ममा भएका हाँस र कुखुरा नष्ट गरिएको हो ।
वर्डफ्लु प्रभवित फार्मका २५ हप्ताको २ सय ४८ हाँस, ७ हप्ताको १ सय ९५ वटा हाँस, २ वटा कुखुरा,२ वटा परेवा सुरक्षित रुपले माटोमा पुरेर नष्ट गरिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डाक्टर मनोज कुमार महतोले जानकारी दिए । उनका अनुसार १० बोरा दाना र २० वोरा सुलि समेत खाल्डो खनेर नष्ट गरिएको छ ।
बर्डफ्लु अन्यत्र फैलन नदिन फार्मलाई केन्द्र मानेर पूर्वमा ५० मिटर, पश्चिममा २०० मिटर, उत्तरमा १५० मिटर, र दक्षिणमा ३०० मिटरको दूरी तोकी नियन्त्रण गरिएको छ । सो क्षेत्रलाई पुर्ण रुपमा सेनिटाइज समेत गरिने डाक्टर महतोले जानकारी दिए ।
सुनसरी प्रशासनले सिमा नाकामा पनि चेकजाँचलाई कडाई गरेको छ ।