सुनसरी । आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवर्धनका लागि एकिकृत प्रयास गर्ने उदेश्वले सुरु गरिएको इस्टर्न टुरिजम मार्टको पांचौ संस्करण इटहरीमा सुरु भएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा आइतबार सुरु मार्टको कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्धघाटन गरेका छन ।

कोशी प्रदेशको पर्यटनका मुख्य लक्षित बर्ग भारतीय पर्यटकहरु र प्रदेशका पर्यटन ब्यवशायीहरुबिच एक स्थानमा जमघट गराएर ब्यवशाय आदनप्रदान गराउने उदेश्वले सुरु मार्ट तीनदिनसम्म चल्ने आयोजकले जनाएको छ । कार्यक्रमको अवधीमा कोशी प्रदेशका ब्यवशायी, आकर्षण र गन्तब्यहरुको एकिकृत प्रवद्र्धन हुनेगरी बिभिन्न प्रस्तुती रहने कार्यक्रम संयोजक रबिन गौतमले जानकारी दिए । 

mart add

    भारतको बंगाल, बिहार, सिक्किम र भुटानका गरी एक सय बढी पर्यटन ब्यवशायी, ग्रामिण पर्यटनकर्मी र धार्मिक पर्यटन क्षेत्रका संस्थाहरु सहभागी छन । कोशी प्रदेशका १४ वटा जिल्ला झल्कने स्टलहरु समेत रहेको कार्यक्रम संयोजक गौतमले जानकारी दिए । कार्यक्रम दुई दिनसम्म इटहरीमा चल्ने र अन्तिम दिन मंगलबार बिराटनगरमा समापन गरिने नेपाल पर्यटन बोर्डका कार्यक्रम प्रबन्धक उदय भटराईले बताए ।

कार्यक्रमका दौरानमा प्रमुख पर्यटकीय गन्तब्यहरु धरान, भेडेटार, बराहक्षेत्र, कोशीटप्पु, रामधुनी लगायतका स्थानहरुको अवलोकन तथा अन्तरक्रिया गराइने छ । कार्यक्रममा पूर्वक्षेत्रको पर्यटन पूर्वाधारमा ठुलो लगानी गर्ने ब्यवशायीहरुलाई पर्यटन एवार्डले सम्मान गरिने जनाइएको छ ।

कार्यक्रम सम्पन्न गर्न पर्यटन बोर्डले ३० लाख, इटहरी उपमहानगर र कोशी प्रदेश सरकारले पांच–पांच लाख रुपैया उपलब्ध गराउने भटराईले जानकारी दिए ।