इटहरी । इटहरी उपमहानगरपालिकाले सडक बत्ति बापतको तीन करोड बढि विद्युत महसुल रकम नतिरेको नेपाल विद्युत प्राधिकरण इटहरी वितरण केन्द्रले जनाएको छ । 

स्थानिय तहको निर्वाचन यता बनेका स्थानिय सरकारहरुले सडक बत्ति वापतको रकम हाल सम्म नतिरेको इटहरी वितरण केन्द्रले जनाएको छ ।

इटहरी उपमहानगरपालिकाले ३ करोड ७७ लाख ४० हजार ४ सय १७ रुपैँया रहेको प्राधिकरणको इटहरी वितरण केन्द्रले जनाएको छ ।

 इटहरी वितरण केन्द्रले सुनसरीका तीन स्थानिय तह अन्र्तगत इटहरी उपमहानगरपालिका,रामधुनी नगरपालिका र बराहक्षेत्र नगरपालिकालाई विद्युत वितरण गर्दै आएको छ । 

अन्य दुई पालिकाले पनि प्राधिकरणलाई सडक बत्तिको महसुल बुझाएका छैनन् । बराहक्षेत्र नगरपालिकाले १ करोड ३५ लाख २५ हजार ६ सय २७ रुपैँया र रामधुनी नगरपालिकाले ७८ लाख ९४ हजार रुपैँया बक्यौता तिर्न बाँकी रहेको इटहरी वितरण केन्द्रले जनाएको छ । 

तीन पालिकाहरुले कुल ५ करोड ९१ लाख ६० हजार ३ सय ६८ रुपैँया बक्यौता तिर्न बाँकी रहेको देखिएको छ ।

इटहरी वितरण केन्द्रका प्रमुख राम उदगार साहले सडक बत्तीको बक्यौता रकम बुझाउन स्थानिय पालिकाहरुलाई पटक पटक पत्र पठाएको जानकारी दिए । 

स्थानिय तहको निर्वाचन अघि तिनुपर्ने महसुल भने नेपाल सरकारसँग हिसाब मिलान गरिएको प्रमुख साहले जानकारी दिए । नयाँ व्यवस्था अनुसार बनेका स्थानिय सरकारहरुले महसुल बुझाउन कुनै चासो नदिएको प्रमुख साहले बताए । 

केन्द्रीय कार्यालयले दिएको निर्देशन अनुसार बक्यौता रकम उठाउन तागेता गर्दै आए पनि स्थानिय सरकारहरुले वेवास्था गर्ने गरेको उनले बताए । केन्द्रिय कार्यालयबाट बक्यौता रकम नतिर्ने स्थानिय तहको विद्युत लाइन काट्ने निर्देशन आए तत्काल कार्यन्वयन गरिने उनले बताए । 

इटहरी वितरण केन्द्रले अहिले प्रत्येक महिना सडक बत्तिको बिल पालिकालाई पठाउने गरेको जानकारी दिए । प्रत्येक महिना बिल पठाए पनि अहिलेसम्म पालिकाबाट कुनै जवाफ प्राप्त नभएको उनको भनाई छ । 

चार महिना सम्म विद्युत महसुल नतिर्ने ग्राहकहरुको लाइन काट्दै आएको इटहरी वितरण केन्द्रले जनाएको छ । प्राधिकरणका अनुसार चालु आर्थिक बर्षको साउन यता एक हजार दुई सय ८२ जनाको लाइन काटिएको छ ।

यी संख्याबाट २ करोड ८७ लाख ३८ हजार  ५५ रुपैँया बक्यौता उठाउनुपर्ने थियो । जस अनुसार प्राधिकरणले २ करोड १२ लाख ५३ हजार १२६ रुपैँया बक्यौता उठाएको इटहरी वितरण केन्दले जनाएको छ ।