इटहरी । इटहरीको पश्चिम लाइनमा रहेको सूर्य कम्प्लेक्सको अण्डरग्राउण्डमा विभिन्न ६ वटा ब्रण्डका जुत्ता विक्री भइरहेका छन् । बिएफ डियर हिल, सुल्याण्ड, स्मार्ट सुज, फस्ट वाल्क, क्रस रोड, रन सुज लगायत ब्रान्डका जुत्तामा उत्पादकले ५० प्रतिशत सम्म छुटमा विक्रीमा राखिएका हुन् । फ्याक्ट्रीबाट सिधै मेलामा ल्याएर विक्री गरिने जुत्ताहरू वारेन्टीका साथ विक्री भइरहेका छन् ।

नेपाली जुत्तालाई बजारमा पुर्‍याउने उद्देश्यले सञ्चालित मेला विगतका बर्सहरूमा जस्तै देशैभरी चलिरहेको छ । देशैभर विभिन्न सहरहरूमा एकैसाथ मेला लागिरहेकाले जुत्ता उत्पादन कारखानाले उत्पादन र विक्रीलाई सँगसँगै लगेका छन् । नेपालमै उत्पादित जुत्ताहरू गुणस्तरीय भएकाले नै ग्राहकको रोजाइमा पर्ने गरेका हुन् ।

22

चैत २० गतेबाट सुरु भएको मेला इटहरीमा वैशाख मसान्त सम्म चल्ने भएको छ । ४० दिन सम्म चल्ने मेलाको सुरुवात देखि नै ग्राहकको भिड लागिरहेको छ । यसअघि इटहरीमा एक करोड बढीको कारोबार गरेको मेलाबाट यस पटक दुई करोडको अपेक्षा रहेको आयोजकले जनाएको छ ।

स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने र उत्पादनलाई उपभोक्ता समक्ष पुर्‍याएर बानी पार्ने उद्देश्यले मेला गर्न लागिएको हो । विगतको अनुभवको आधारमा धेरै उपभोक्ताले मन पराएको कारण पुनः मेला आयोजना गरिएको मेलाका आयोजक तथा नेपाली जुत्ता उत्पादन संघका पूर्व अध्यक्ष होमनाथ उपाध्यायले बताए ।

1

मेलामा विभिन्न नेपाली कम्पनीका जुत्ता सस्तो मूल्यमा पाइने उपाध्यायको दाबी छ । उनका अनुसार बाहिर बजारमा भन्दा आधा सस्तो मूल्यमा जुत्ता चप्पल किन्न पाइन्छ । नेपाली ब्रान्डलाई स्थापित गराउने र बजारमा नेपालको उत्पादनको प्रचार गर्ने मुख्य उद्देश्यले यस्ता मेलाहरू आयोजना गरिएको उनको भनाइ छ ।