सुनसरी । सुनसरीको देवानगञ्जमा सोमबार साँझ भएको गोली प्रहार घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। गोली प्रहारबाट सुनसरीको देवानगञ्ज गाउँपालिका- ७ का २१ वर्षीय शिवकुमार मेहता गम्भीर घाइते भएका छन्।

उनलाई गोली हान्ने मध्येका रवीनकुमार यादव र पिन्टु यादवलाई प्रहरीले पक्राउ गरेको हो। गोली प्रहार भएको बेला शिवकुमार मेहता पिन्टुले चलाएको मोटरसाइकलबमउ पछाडि सवार थिए। 

गोली हान्ने मध्येका अर्का कामेश्वर यादव सहितका तीनजना फरार रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए। 

यो घटना लेनदेनसँग समेत जोडिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। 

तिमल्सिनाका अनुसार घटनामा ६ जना संलग्न थिए। ती सबै आपराधिक पृष्ठभूमिका व्यक्ति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

पक्राउ परेकामध्ये एकजना एक महिनाअघि मात्र गाँजा तस्करीमा संलग्न व्यक्ति भएका समेत प्रहरीले गरेको छ। 

पक्राउ परेका रवीन यादव यसअघि गाँजा तस्करीमा संलग्न रहेको पाइएको छ। उनी गाँजा तस्करीको आरोपमा पक्राउ परेर छुटेका थिए।  गोली लागेर घाइते भएका शिवकुमार मेहताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

गोली प्रहारमा संलग्न रहेका भनिएका अरु तीनजनाको खोजी भइरहेको प्रहरीको दाबी छ। घटनामा संलग्नहरूको सन्दर्भमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।