विराटनगर । सप्तकोशीमा नुहाउने क्रममा मामा भान्जा बेपत्ता भएका छन ।
सुनसरीको इटहरी १६ बालग्राम निवासी १६ वर्षिय जेनिस आचार्य र ४० वर्षिय नवराज बास्तोलाको कोशीमा नुहाउने क्रममा बेपत्ता भएका हुन ।
सोमबार ८: ३० बजे बराहक्षेत्र मन्दिर छेउमा भान्जा जेनिस नुहाउँदै गर्दा नदीमा डुबेपछि भान्जालाई बचाउने क्रममा मामा नवराज पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।
शसस्त्र प्रहरी पकली र शसस्त्र प्रहरी इनरुवा, स्थानीय लगायतको सहयोगमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।