विराटनगर । झापाबाट प्रहरीले भन्सार छली नेपाल भित्र्याएको सामान सहित तीन वटा कन्टेनर नियन्त्रणमा लिएको छ ।  बिर्तामोड नगरपालिका–५ बाट नेपाल प्रहरीले आइतबार राति कन्टेनर नियन्त्रणमा लिएको हो ।  

भारतबाट काँकडभिट्टा हुँदै नेपाल भित्रिएको  एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एन ७४८६ नम्बरको तीन वटा भारतीय नम्बर प्लेटका कन्टेनरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

ती कन्टेनरबाट तीन करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी निरीक्षक प्रविण श्रेष्ठले जानकारी दिए । भन्सार छली नेपाल ल्याइएका ट्याक कम्बाईन हार्भेस्टर लगायतका सामानहरू बोकेर आएको कन्टेनरलाई राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको श्रेष्ठले जानकारी दिए ।