सुनसरी । वनमा चराचुरुङ्गी तथा जंगली जनावरहरुको आहारा घट्दै गएको भन्दै सामुदायिक प्रकृति संरक्षण अभियानले फलफूलका विरुवा वृक्षारोपण गरेको छ ।
विशेष गरी चरा, बाँदर जस्ता फल खाने जिवहरुको संरक्षणका लागि वनमै फलफूलका विरुवा रोपिएको हो ।
शनिबार इटहरी उपमहानगरपालिका क्षेत्र भित्रका सामुदायिक वन तथा चारकोशे जंगल क्षेत्रमा ५ सय फलफूलका विरुवा रोपिएको सामुदायिक प्रकृति संरक्षण अभियान नेपालका अध्यक्ष ध्रुव घिमिरेले जानकारी दिए ।
तरहराको सामुादायिक वनमा आँप, जामुन, कटहर जस्ता जंगलमा सहजै हुर्कन सक्ने फलफूलका विरुवा रोपिएको अध्यक्ष घिमिरेले बताए ।
वनलाई बगैँचा बनाउने अभियान अन्र्तगत अघिल्लो बर्ष पनि यो समुहले जंगलका फलफूलका विरुवा रोपेको थियो । अघिल्लो बर्ष एक हजार विरुवा रोपेकोमा ७५ प्रतिशत विरुवा राम्रोसँग हुर्किएको संरक्षण अभियानले जानकारी दिएको छ ।
पछिल्लो ५ बर्ष देखी वनलाई बगैँचा बनाउने र जंगली जनावरको बासस्थान जोगाउन सामुदायिक प्रकृति संरक्षण अभियानले फलफूलका विरुवा रोप्दै आएको छ ।
जंगलमा रोपिएका विरुवा संरक्षणका लागि समयमा समयमा गएर विरुवाको गोडमेल गर्ने काम पनि गर्दै आएको संरक्षण अभियानका अध्यक्ष ध्रुव घिमिरेले जानकारी दिए ।