सुनसरी । ‘घुमौँ पूर्व’ भन्दै पर्यटकहरुलाई निम्तो गर्न पूर्वका पर्यटन व्यवसायी तथा होटल व्यवसायीहरु देश दौडाहा निष्किएका छन् ।
प्रदेश सरकारले घोषण गरेको कोशी प्रदेश पर्यटन बर्ष २०८२ लाई सफल बनाउन घुमौँ पर्व भन्दै विभिन्न प्रदेशमा पुगेर पर्यटनको सम्भावना बारे अन्र्तक्रिया सुरु गरिएको हो ।
नेपाल पर्यटन बोर्ड र कोशी प्रदेश सरकारको पर्यटन वन तथा वातावरण मन्त्रालयको सहकार्यमा पर्यटन प्रवद्र्धन सुरु गरिएको हो ।
विहिबार चितवन पुगेका पूर्वका व्यवसायहरुलाई होटल व्यवसायी संघ चितवनले स्वागत गरेको थियो । टोलीले चितवनका पर्यटन व्यवसायी तथा होटल व्यवसायी बिच अन्र्तक्रया गरिएको छ ।
पूर्वका पर्यटन ब्यवसयीहरुको टोलीले बागमती र गण्डकी प्रदेशमा अन्तरक्रिया ,छलफल गर्दै धार्मिक पर्यटकीय क्षेत्रहरूको आन्तरिक पर्यटन प्रवद्र्धन गर्नेछन् ।
भ्रमणले अन्तर प्रदेश पर्यटन सम्बन्धलाई मजबुत बनाउने तेजबहादुर पुरीले बताए ।
प्रमुख अतिथि होटेल व्यवसायी महासङ्घका अध्यक्ष दिनेश कुमार चुकेले ठुला ठुला स्टार होटलहरुमा बाहिरका पर्यट्कहरु कै कारण चलेको बताए ।
केन्द्रीय उपाध्यक्ष देवी गौतम रबिनले पूर्वमा भएका धेरै महत्त्व रहेको धार्मिक पर्यटकीय गन्तव्यको स्मरण गराए ।
उनले साना व्यवसायीले बैङ्कबाट ऋण लिएर व्यवसायी गरेको हुन्छ तर सरकारी नीतिका करणले पर्यटन व्यवसाय मारमा परेको बताए ।
सङ्घका चितवन अध्यक्ष लोकनाथ भट्टको सभापतित्वमा अन्तरक्रियामा भरतपुर–१ का वडाध्यक्ष केशव महर्जन, महासङ्घ झापा अध्यक्ष इन्दिरा श्रेष्ठ, कोशी प्रदेश उपाध्यक्ष गोविन्द थापा, विराटनगर उपाध्यक्ष खिला राज सुवेदी, होटेल तथा लज व्यवसायी समिति वरिष्ठ उपाध्यक्ष दीपक पोख्रेल, होटेल व्यवसायी सङ्घ भेडेटारका सचिव रमेस श्रेष्ठ, उद्योग वाणिज्य सङ्घका पदाधिकारी सहभागी थिए ।