सुनसरी । इटहरी उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयलाई मञ्जुश्री फाइनान्स लिमिटेड इटहरी शाखाले शैक्षिक तथा आवश्यक सामाग्री हस्तान्तरण गरेको छ ।
मञ्जुश्री फाइनान्सले विद्यालयको दैनिक कार्यमा प्रयोगमा आउने शैक्षिक सहितका अन्य आवश्यक सामाग्रीहरूसोमबार विद्यालयमै पुगेर हस्तान्तरण गरेको हो ।
मञ्जुश्री फाइनान्सका शाखा प्रबन्धक दीपक खड्काले लक्ष्मी मा.विका प्रधानाध्यापक प्रभु नारायण चौधरीलाई सामाग्री हस्तान्तरण गरेका हुन ।
फाइनान्सले १ थान कलर प्रिन्टर स्क्यानर, २० थान पङ्खा, १३ थान डस्टबिन, १० थान बाल्टिन, ८ कार्टुन स्यानिटरी प्याड, १थान वाटर डिस्पेन्सर लगायतका सामाग्री विद्यालयलाई हस्तान्तरण गरिएको हो । फाइनान्सले कुल १ लाख ३० हजार बराबरको सामाग्री हस्तान्तरण गरिएको मञ्जुश्री फाइनान्स इटहरी शाखाका प्रबन्धक खड्काले जानकारी दिए ।
विद्यालयका लागि आवश्यक सामाग्री उपलब्ध गराएको प्रति विद्यालयका प्रधानाध्यापक प्रभु नारायण चौधरीले फाइनान्सलाई धन्यवाद दिए । प्राप्त भएका सामाग्रीले विद्यालयको कार्यमा सहजता प्रदान गर्ने उनले विश्वास व्यक्त गरे । लक्ष्मी मा.विमा प्राथमिक तह देखी माध्यमिक तह सम्म पढाई हुँदै आएको छ ।
मञ्जुश्री फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्ष सामाजिक सेवाका काम गर्दै आएको इटहरी शाखाका प्रबन्धक खड्काले बताए । वार्षिक नियमित कार्यक्रम नै बनाएर सामाजिक सेवाका काम गर्दै आएको उनले जानकारी दिए ।
देशकै अग्रणी फाइनान्स कम्पनीको रूपमा रहेको मञ्जुश्रीले पूर्वका सहरहरूबाट ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । कम्पनीले हाल सम्म २२ अर्ब निक्षेप सङ्कलन गरी करिब १८.२ अर्ब कर्जा परिचालन गरेको जनाएको छ ।
निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गरी ग्राहकलाई सेवा पुराउँदै आएको कम्पनीको भनाई छ । हाल सम्म २७ वटा शाखा र एक विस्तारित काउन्टर मार्फत सेवा दिइरहेको इटहरी शाखाका प्रबन्धक खड्काले जानकारी दिए ।