सनुसरी । अवैध रुपमा भारतबाट आयात भएको माछाको कारण नेपाली माछा किसानहरु मारमा परेको बताएका छन् । 

नेपाल मत्स्य पालन किसान संघले पत्रकार सम्मेलन गर्दै अवैध रुपमा भित्रिएको माछाका कारण नेपाली किसानले उत्पादन गरेको माछा विक्रि हुन नसकेको बताएका छन् । 

इटहरीमा पत्रकार सम्मेलन गर्दै माछा किसानहरुले भारतीय माछाकै कारण कोशी प्रदेशका किसानहरुको माछा विक्री नभएर पोखरीमै राख्नुपर्ने अवस्था आएको बताएका छन् ।

कोशी प्रदेशका माछा किसानहरुका् करिब ५ मेट्रिक टन माछा विक्री नभएर पोखरीमै थन्किएको उनीहरुले गुनासो गरेका छन् । 

सुनसरी, मोरङ, झापा र उदयपुरका करिब २ सयभन्दा बढी व्यावसायिक माछापालन  गर्दै आएका किसानहरु समस्यामा परेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

“हामीले उत्पादन ग¥यौं,तर बजार भारतीय माछाले कब्जा ग¥यो,”नेपाल मत्स्य पालन किसान संघका अध्यक्ष भिष्म अधिकारीले आफ्नो समस्या सुनाए । 

राज्यसंयन्त्रको उपेक्षाले नेपाली किसानहरु समस्यामा परेको अध्यक्ष अधिकारीले बताए । प्रहरी प्रशासनको लापरबाहीले भारतीय माछा सहज रुपमा नाकाबाट नेपाल भित्रिने गरेको उनले बताए । 

भारतबाट आयात भएको माछाको मुल्य सस्तो पर्ने र नेपाली माछा महंगो पर्ने भएकाले प्रतिस्पर्धा गर्न नसकेको संघका सचिव पुष्प अधिकारीले जानकारी दिए । 

नेपाल मत्स्य पालन किसान संघले भारतबाट हुने अवैध माछा आयातलाई रोक लगाउनुपर्ने माग गरेका छन् । यस विषयमा ठोस नीति  तथा नियन्त्रणको माग उनीहरुले गरेका छन् ।

नेपालमा स्वदेशी जातको पङ्गास लगायतका माछा व्यवसायिक उत्पादन गरिँदै आएको छ ।