सुनसरी । नेवारी समुदायको गाईजात्रा पर्वका अवसरमा इटहरी उपमहानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ।
नगरपालिकाका प्रमुख हेमकर्ण पौडेलद्वारा हस्ताक्षरित सूचनामा आज नगर स्तरीय कार्यालय र शैक्षिक संस्थामा सार्वजनिक बिदा दिएको उल्लेख छ । उपमहानगरपालिकाका अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरू बन्द रहने जनाइएको छ ।
गाईजात्राको अवसरमा नेवारी समुदायको बसोबास रहेको इटहरी सहित अन्य विभिन्न स्थानीय तहहरूले पनि बिदा दिएका छन् ।
ती स्थानीय तहहरूमा गाईजात्रा निकालिएको छ ।