दुहबी – श्री गणेश चतुर्थीको अवसरमा दुहबीमा आयोजना हुन लागेको श्री गणेश पूजा महोत्सव–२०८२ का तयारी धमाधम भइरहेका छन्। श्री गणेश पूजा समितिको आयोजनामा हुने यो महोत्सव भदौ ११ गतेबाट सुरु भएर भदौ १३ गतेसम्म चल्नेछ।
महोत्सवको पहिलो दुई दिन ९भदौ ११ र १२० भजन संध्या कार्यक्रम हुनेछ भने अन्तिम दिन विशेष पूजा, प्रसाद वितरण, आरती र भक्ती जागरण गरी समापन गरिनेछ।
यस वर्ष आठौँ पटक आयोजना हुन लागेको महोत्सवमा करिब १० फिट अग्लो श्री गणेशको प्रतिमा स्थापना गरिनेछ र ७५ किलो लड्डुको भोग चढाइनेछ। साथै, कार्यक्रमलाई आकर्षक बनाउन स्थानीय र भारतीय कलाकारहरूले भजन–कीर्तन प्रस्तुति दिनेछन्।
गणेश चतुर्थी हिन्दू धर्मावलम्बीहरूको प्रमुख पर्व हो। धार्मिक ग्रन्थअनुसार यो दिन भगवान गणेशको जन्म भएको दिन मानिन्छ। नेपालसहित भारतमा यो पर्व धूमधामका साथ मनाउने परम्परा रहेको छ।