सुनसरी । इटहरीमा ४२ वर्षीय एक पुरुषको कुटपिटका कारण हत्या भएको छ ।
इटहरी उपमहानगरपालिका–१६, उब्दीमा सामान्य लेनदेनको विवादमा स्थानीय रामकुमार चौधरीको कुटपिटका कारण हत्या भएको हो ।
गयराती रामकुमारलाई सोही स्थानका करिब ५० वर्षीय लाल चौधरीले लेनदेनको विषयमा वादविवाद गर्दै कुटपिट गरेका थिए ।
कुटपिटका क्रममा टाउकोमा गम्भीर चोट लागेपछि घाइते चौधरीलाई परिवारले तत्कालै इटहरीस्थित सान्वी सिटी अस्पताल पुर्याएका थिए ।
त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लाग उनलाई विराट टिचिङ अस्पताल लगिएको थियो ।
उनको सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटनामा संलग्न लाल चौधरीलाई नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।