विराटनगर । पाँचथरको कुम्मायक गाउँपालिका कार्तिकेस्थित तमोर कोरिडोरमा भएको बोलेरो दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । पाँचथरबाट यात्रु लिएर धरान आउँदै गरेको बोलेरो गाडी भिरबाट तमोर नदीमा खस्दा ५ जनाको मृत्यु भएको हो ।
कोशी प्रदेश प्रहरी ईश्वर कार्कीले दुर्घटनामा ५ जनाको मृत्यु भएको बताए । उनकाअनुसार पाँचथरबाट धरानतर्फ यात्रु बोकेर गइरहेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी शनिवार दिउँसो सडक छेउबाट ५ सय मिटर तल तमोर नदी किनारमा खस्दा थप ६जना घाइते भएका छन् ।
घाइते मध्य ५ जनालाई उपचारका लागि धरान झारिँदै छ । एक जनालाई फिदिम अस्पताल लगिएको डिआइजी कार्कीले बताए । मृतकहरूको पहिचान भने अहिलेसम्म खुलेको छैन।