सुनसरी  । भलिबल खेलको प्रवर्द्धन र विकासका लागि इटहरीमा सुरु भएको कोसी प्रदेश पालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगितामा पांचखपन नगरपालिकाले विजयी सुरुवात गरेको छ ।

इटहरी भलिबल क्लबको आयोजनामा इटहरी रङ्गशालामा जारी प्रतियोगिताको उद्घाटन खेलमा सङ्खुवासभाको पांचखपन नगरपालिकाले झापाको गौरादह नगरपालिकालाई ३ -0 को सोझो सेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

पहिलो सेट २५-१५ ले जितेको पांचखपनले दोस्रो सेट २५-१९ र तेस्रो सेट २५-१७ ले हात पारेको थियो ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा कोसी प्रदेशका विभागीय सहित विभिन्न ८ वटा पालिकाका टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा विजेता टिमले नगद १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ ।