सुनसरी।सुनसरीमा जनाले १ सय १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
सबैभन्दा बढी सुनसरी क्षेत्र नम्बर ४ मा ३४ जनाले उम्मेदवारी दिएका छन् ।
यहाँ १ लाख ३७ हजार ३ सय ४० मतदाता रहेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १ लाख ५० हजार ३ सय ९३ मतदाता रहेको क्षेत्र नम्बर १ मा २८ जनाले उम्मेदवारी दिएका छन् ।
क्षेत्र नं २ मा पनि २८ जनाको उम्मेदवारी दर्ता भएको छ ।
यहाँ १ लाख ५८ हजार ९ सय १० मतदाता छन् ।
१ लाख ३४ हजार ३ सय ३ मतदाता रहेको क्षेत्र नम्बर ३ मा २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

















