सुनसरी — इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ ।आज साँझ इटहरी–४ गैरी गाउँका पूर्णप्रसाद राईको ट्रकको ठक्करबाट मृत्यु भएको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

राईको मृत्यु भएपछि प्रहरीले आफन्तबिना नै मुचुल्का उठाएको भन्दै ठूलो संख्यामा उपस्थित स्थानीय तोडफोड र आगजनीमा उत्रिएका छन् ।

आक्रोशित स्थानीयले इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमाल नेतृत्वको प्रहरी टोलीमाथि पनि हातपात गरेका छन् ।

अहिले पनि त्यहाँको अवस्था तनावग्रस्त रहेको घटनास्थलमा रहेका पत्रकार मनोज भुजेलले जानकारी दिएका छन् ।