इटहरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) सुनसरीको आयोजनामा १२ औँ हिसान स्पोर्ट्स मिट–२०८२ अन्तर्गत हिसान कप (क्रिकेट) प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । 

प्रतियोगिता इटहरी–सुनसरीस्थित जनता पार्क (डीभीएम स्कुल मैदान) मा सञ्चालन हुनेछ।

कलेजस्तरीय क्रिकेट प्रतिभालाई उजागर गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगितामा सुनसरीका कलेजहरूको सहभागिता रहनेछ।

प्रतियोगितामा सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा भीएसी (VAC), नमुना कलेज, प्रिमियर कलेज र सुष्मा गोदावरी कलेज रहेका छन्।

समूह ‘बी’ मा पूर्वाञ्चल कलेज, स्मल हेभन, कस्तुरी कलेज र कोशी सेन्ट जेम्स कलेज सहभागी छन्।

खेल तालिकाअनुसार समूह चरणका खेलहरू असोज १९ र २० गते सञ्चालन हुनेछन्।

समूह ‘ए’ का खेलहरू बिहान ८:०० बजेदेखि सुरु हुनेछन् भने समूह ‘बी’ का खेलहरू दिउँसो १२:३० बजेदेखि हुनेछन्।

दुवै समूहका शीर्ष टोलीहरूबीच असोज २१ गते सेमिफाइनल खेलाइने छ।

प्रतियोगिताको फाइनल खेल असोज २२ गते बिहान ११:०० बजे हुनेछ।

हिसान सुनसरीको आयोजनामा हुन लागेको यस प्रतियोगितालाई केआईईसी (KIEC) ले सहयोग गरेको छ भने सुनसरी जिल्ला क्रिकेट संघले प्राविधिक सहयोग प्रदान गर्नेछ। आयोजकले प्रतियोगिताले कलेजस्तरीय खेलाडीहरूलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्नुका साथै क्रिकेटप्रतिको आकर्षण थप्ने विश्वास लिएको छ।