सुनसरी । प्रदेश संरचना बारे बालेनले बोली फेरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले प्रदेश संरचनालाई स्वीकार गरेका थिएनन ।
२०७९ को निर्वाचनमा प्रदेशमा भोट समेत नहालेका बालेनले अहिले भने प्रदेश संरचना बारे सकारात्मक टिप्पणी गरेका छन् ।
चुनावी प्रचारप्रसारका लागि झापा आएका बालेनले प्रदेश संरचना बारे भ्रम सिर्जना गरिएको बताएका छन् ।
मंगलबार झापा–५ का मतदातासँग कुराकानी गर्दै बालेनले प्रदेश संरचनामा भएको खर्चले देश कमजोर भएको भाष्य नै गलत भएको बताएका छन् ।
बालेनले मतादातालाई सम्झाउँदै सांसद र मन्त्रीको तलबले नै देश कमजोर नभएको बताए ।
मतदातासँग कुराकानीका क्रममा एक मतदाताले ‘प्रदेश संरचना खारेज गरे पर्याप्त पैसा बच्ने थियो ’ भनेका छन् ।
सो प्रशंगमा कुुराकानी गर्दै बालेनले भने, ‘होइन–होइन, प्रदेश संरचनामा न्यून खर्च हो । तलबमा जाने न्यून खर्च हो । त्यो पनि एक भ्रम हो । मन्त्रीले र सांसदले खाएको तलबले यस्तो स्थिति आएको होइन ।’
नेताहरूले तलब खाएर नभई भ्रष्टाचार गरेर देश कमजोर भएको उनले भने ।

















