सुनसरी । नमुना कलेजलाई पराजित गर्दै स्मल हेभन स्कुलले इटहरीमा भएको हिसान कप क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) सुनसरीको आयोजनामा भएको प्रतियोगिताको बिहिबार सम्पन्न फाइनलमा इनरुवाको स्मल हेभनले इटहरीको नमुना कलेजको ग्रिनपिस एकेडेमीलाई ९ विकेटले पराजित गर्दै उपाधी जितेको हो ।
जनता क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नमुनाले निर्धारित १० ओभरको खेलमा सबै विकेट गुमाउदै ४८ रनको सामान्य योगफल बनाएको थियो ।
नमुनाको लागि आदित्य बिकले २९ रन बनाउनुबाहेक अन्य ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन ।
स्मल हेभनका अमित मेहताले ४ बिकेट लिदा रबिन मण्डलले ३ बिकेट हात पारे ।
जवाफमा ४९ रनको सामान्य बिजयी लक्ष्य पछ्याएको स्मल हेभनले ७ दशमलव २ बलमा १ बिकेट गुमाउदै सहजै लक्ष्य पुरा गर्यो ।
रबिन मण्डलले नटआउट ३२ रन बनाएर टिमलाई उपाधी जिताए । उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीसंगै बेष्ट ब्याटर समेत बने ।
जारी प्रतियोगितामा उनले १ सय ५३ रन बनाउनुको साथै ४ विकेट समेत हात पारेका थिए ।
प्लेयर अफद फाइनल समेत भएका स्मल हेभनका अमित मेहेता बेष्ट बलर बने ।
प्रतियोगिताभर उनले ११ विकेट लिएका थिए । बिजेता तथा उपबिजेता खेलाडीहरुलाई हिसान सुनसरीका अध्यक्ष सागर भटराई, सचिव सुभाष लुईटेल, प्रतियोगिता संयोजक अनन्त सुबेदी र क्यान सुनसरी अध्यक्ष सीपी पौडेलले टफी प्रदान गरे ।
हिसान सुनसरीको १२ औँ स्पोट्र्स मिट अन्तर्गत जारी प्रतियोगितामा सुनसरीका ८ वटा कलेजको सहभागिता रहेको थियो ।

















