विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा झापा क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्र लिङ्देनले आफ्नो चुनावी अभियान सुरु गरेका छन् । उनले चुनावी अभियान सुरु गर्दै देश रहने की नरहने अवस्था रहेकाले देश जोगाउन सबैले आफूलाई मत हाल्न आग्रह गरे ।
उनले  बाटो बन्यो की बनेन ?  पुल बन्यो की बनेन भन्ने प्रश्न भन्दा पनि देश रहन्छ की रहँदैन भन्ने अवस्थामा पुगेको बताए । निर्वाचन कार्यक्रमको सुरुवात गर्दै लिङ्देनले भने,‘  बाटो बन्यो की भन्ने कुरा कुरा ठुलो कुरा होइन ।  आज देश रहन्छ की रहँदैन भन्ने अवस्थामा पुगेको छ । यस्तो बेला राष्ट्रिय प्रजातन्त्र पार्टी देशभक्तिको पक्षमा उभिएको छ ।यसको नेतृत्व तपाइको आँगनको छोराले गरेको छ । ’
उनले विकास भयो की भएन भन्ने कुराको गुनासो गरिँदा ८ बषको बिचमा के के भयो त्यसको साक्षी क्षेत्रवासी भएका बताए । उनले देश बचाउनका लागि आफूलाई मतदाता गर्न आग्रह गरे । उनले भने देश रहयो भने  बाँकी विकास र समस्याको समाधान गर्न गरौला देश बचाउनका लागि राप्रपाको मात्रै होइन  मलाई काँग्रेस एमाले माओवादी सबैको भोट चल्छ । 
उनले झापा ३ मा आफू बुबाका औला समाउँदै आएको बताए । उनले भने, यहाँ आएर म र मेरो परिवारले  निगुरोका मुन्टा चिमोटेर र ठुटामा पलाएको च्याउको टिपेर छाक टारेको छ । ’ उनले झापा ३ का विभिन्न क्षेत्रको बाटो बनाउन,,  स्कुल बनाउन खानेपानीको ट्याङ्ग ठड्याउने विषयमा आफ्नो  सहभागिता रहेको दाबी गरे । उनले यस क्षेत्रका दिदी भाइ दाजु भाइका सुख दुखमा सहभागी भएको दाबी गरे  । उनले भने, यस पटक फेरी म तपाँइहरुको हात माग्न आएको छु । तपाँइहरुको मद्दत र आर्सीवाद माग्न आएको छु । ’ 
 उनले पार्टी भन्दा माथि उठेर मत दिन आग्रह समेत आग्रह गरे । 
उनले कुनै बेला विद्यार्थी हुँदा कसैले ढुङ्गा हान्दा आफूले पनि ढुङ्गा हानेको बताए ।  कसैले दुई लात्ती हान्दा आफूले पनि हानेको स्वीकार गरे । उनले भने,‘ मैले त्यो बेला जवाफ फर्काए हुँला तर राजनीतिक आडमा कसैलाई दुख दिने नियत राखेको छैन । ’