सुनसरी । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राजनितिमा संस्कार र शैलीमा रुपान्तरण गर्न आवश्यक रहेको बताएका छन् ।
सुनसरीको झुम्कामा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उपसभापति शर्माले चुनावी सभाहरु अरुलाई धारेहात लगाएर गाली गर्ने थलो बन्दै गएको बताए ।
उनले भने, चुनावी मैदान भनेको दुस्मनी मोल्ने अखडा नभएर विचार र प्रतिस्पर्धाको विषय रहेको भन्दै काँग्रेस प्रेममा विश्वास गर्छ , समाजिक सद्भावमा विश्वास गर्छ ।
आफुले आजै मात्र पनि केही राजनीतिक कार्यक्रममा सम्वोधन गरेपनि कसैलाई गालि नगरेको तर आफू कार्यक्रममा सहभागी हुन आउदै गर्दा अन्य दलहरुको सभाबाट गालीगलोज सुनेको उनले बताए ।
राजनीतिमा गर्छु भन्नेलाई हैन गर्नेका विश्वास गर्नु पर्ने वताउदै काँग्रेस उपभापति शर्माले इतिहास देखि काँग्रेसले मुलुकमा संकट आउदा मुलुकलाई संकटबाट मुक्त गराउन पटकपटक भुमिका खेलेको स्मरण गर्दै मतदान गर्नु पर्नेमा समेत जोड दिए ।
जेनजी आन्दोलनपछि काँग्रेस रुपान्तरण भयो अव देश रुपान्तरण गर्ने अठोट सहित काँग्रेस अघि वढेको समेत उपसभापति शर्माले बताए ।
उनले भने रुपान्तरण भन्नाले उम्मेर समुहको सभापति परिर्वतन हैन नीति र सिद्धान्त परिवर्तन गरियो हामीले विधानमै भनेका छौं राष्ट्रपति एक कार्यकाल र प्रधानमन्त्री दुई कार्यकाल भन्दा वढी हुन नपाउने व्यवस्था गरेका छौं ।
यी र यस्तै कार्यहरुका लागि चुनावपछि पनि पार्टीहरुविच सामुहिक छलफल र वहस आवश्यक रहेको र मुलुकका लागि सबै एकजुट हुनु पर्नेमा समेत शर्माले जोड दिए ।

















