इटहरी । सुनसरी क्षेत्र नम्बर ३ का बासिन्दाले नयाँ वा पुराना अरू कसैको भर नभएको तर भगवती चौधरीमाथि भने आफ्नो गहिरो विश्वास रहेको बताएका छन् । चुनावी अभियानका क्रममा बर्जुकी लक्ष्मी बुढाथोकीले भनिन्, “आफ्नो मान्छे आफ्नै हुन्छ । हामी छातीमा हात राखेर भन्छौँ– भगवतीलाई जसरी पनि जिताएर पठाउँछौँ ।”
भगवती चौधरीले क्षेत्रका लागि गरेको निरन्तरको योगदानका कारण यहाँका बासिन्दाले चौधरी प्रति ठुलो भरोसा राखेका हुन् । बुढाथोकी अगाडि भन्छिन्, “बाढी आउँदा भगवती चौधरी आउनु भयो , दुःख पर्दा उहाँ नै आउनु भयो एक कल फोन गर्दा उहाँ आउनु हुन्छ । अहिलेसम्म अरू कुन नेता आएका छन् र ? उनले भनिन् चुनावका बेला आएर ठुला आश्वासन दिने तर जितेपछि वास्ता नगर्ने नेताहरूका बीचमा भगवतीलाई स्थानीयले सधैँ साथ दिने नेताका रूपमा लिएका छन् ।
गढी–१ का आशाराम चौधरी पनि भन्छन्, “नयाँ भन्छन्, तर नयाँ को हो र के हो भन्ने थाहा छैन, विश्वास पनि छैन । भगवती चौधरी आएपछि विकासमा धेरै परिवर्तन भयो, बाटो बन्यो, अब अरू काम पनि तिमीले नै गर्छौ भन्ने विश्वास छ ।”

युवा र नयाँ पुस्ताको रोजाइमा भगवती
पछिल्लो समय युवा पुस्ता जेन–जीमा पनि भगवतीको प्रभाव बढ्दो छ । हालै ३०० जना युवाहरू एमालेमा प्रवेश गरेका छन् । उनीहरू भन्छन्, “हाम्रो भावना बुझ्ने भगवती चौधरी नै हो, त्यसैले उनलाई जिताउन हामी लागिपरेका छौँ ।” दुहबीका मोहम्मद रजाउद्दीनका अनुसार भगवती दिनरात क्षेत्रको विकासका लागि खटिएको देख्दा अरू विकल्प सोच्न सकिँदैन ।
भगवतीको काम गर्ने शैली देखेर अरू पार्टी छाड्नेहरूको संख्या पनि बढेको छ । बर्जु–१ की सीताकुमारी मेहता कांग्रेस छाडेर एमालेमा आएकी छन् । उनी भन्छिन्, “भगवतीले महिला र गरिबका लागि धेरै लडेकी छन्, त्यसैले म उनकै नेतृत्वमा अघि बढ्न चाहन्छु ।”

यस्तै, गढी–१ का कांग्रेस टोल कमिटी सभापति जियाउल हक पनि दुई दर्जन युवासहित एमालेमा प्रवेश गरेका छन् । उनको बुझाइमा काम गर्ने भगवती नै हो, अरू त नामका मात्रै हुन् । यता दुहबी–३ का ७२ जना मुस्लिम समुदायका व्यक्तिहरू पनि भगवतीलाई जिताउने अभियानमा लामबद्ध भएका छन् ।

विगतको इतिहास हेर्दा, २०७९ को चुनावमा भगवती चौधरीले कांग्रेसका विजयकुमार गच्छदारलाई ५ हजार १८८ मतले हराएर विजय प्राप्त गरेकी थिइन् । यसपटक पनि मतदाताको अटुट विश्वास र तिमीप्रति देखाइएको सामीप्यले भगवतीको जितको आधार झन् बलियो बनाएको छ ।
Advt

















