सुनसरी । बिराटनगर र ताप्लेजुङमा फेला परेको शंकास्पद बस्तुलाई निष्क्रिय पारिएको छ ।

विराटनगर महानगरपालिका–७ डाँफे चोकमा फेला परेको शंकास्पद वस्तु र आठराई त्रिवेणी गाउँपालिका–३ पञ्चमीस्थित हाङपाङ–दोभान भित्री कच्ची सडकखण्डमा फेला परेको अर्को शंकास्पद बस्तुलाई निष्क्रिय पारिएको नेपाली सेनाको पूर्बी पृतना हेडक्वाटर इटहरीले जनाएको छ ।

ती स्थानमा शंकास्पद बस्तु रहेको सूचना प्राप्त भएपछि सुरक्षा सतर्कता बढाइएको थियो । बिराटनगरमा फेला परेको शंकास्पद बस्तुलाई नेपाली सेनाको विराटनगर विमानस्थलमा तैनाथ बम डिस्पोजल टोली सहितको फौज परिचालन गरी सुरक्षित रूपमा निष्कृय गरेको जनाएको छ ।

ताप्लेजुङमा फेला परेको बस्तुलाई नेपाली सेनाको हाङपाङ सुरक्षा बेसमा तैनाथ बम डिस्पोजल टोलीले निष्कृय गरेको पूर्बी पृतनाले जनाएको छ ।

 निर्वाचन सुरक्षालाई लक्षित गर्दै पूर्वी पृतना अन्तर्गत कोशी प्रदेशका सबै जिल्लामा करिब १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ गरिएको पूर्बी पृतनाले जानकारी दिइएको छ ।

पृतनाले शंकास्पद वस्तु देखिए वा फेला परेमा तत्काल नजिकैको सुरक्षा निकायलाई जानकारी गराउन सेनाले सर्वसाधारणमा अपिल गरेको छ ।